logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

शनिबार भारतबाट १० लाख डोज कोभिसिल्ड खोप काठमाडौँ आइपुग्दै


अंकुरण खबर
819
Shares

गत फागुनमा सरकारले भारतको सेरम इन्स्ट्युटसँग खरिद सम्झौता गरेको १० लाख डोज कोभिसिल्ड खोप शनिबार नेपाल आइपुग्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभागका डा. उपेन्द्र ढुङ्गानाले भोलि सो खोप नेपाल आइपुग्ने जानकारी दिएका हुन् ।

सरकारले त्यतिबेला २० लाख डोज कोभिसिल्ड खोप खरिद गर्ने सम्झौतासहित भुक्तानी समेत गरिसकेको थियो । सम्झौता अनुरुपको १० लाख डोज खोप तत्कालै आएपनि १० लाख डोज खोप भने आउन सकेको थिएन ।

सोही खोप झण्डै ७ महिनापछि भोलि दिउँसो २ बजेतिर नेपाल आइपुग्ने भएको हो ।