पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २४३ जना कोरोना संक्रमित थपिएका छन्।
जसमध्ये काठमाडौंमा १७२ जना, भक्तपुरमा १८जना र ललितपुरमा ५३ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लोपटक थपिएको सहित हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या ३,४६७ रहेको छ। तीमध्ये काठमाडौंमा २,०५७ जना, भक्तपुरमा ६५० जना र ललितपुरमा ७६० जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यस्तै, पछिल्लो २४ घन्टामा देशभरिमा ५९६ जना कोरोना संक्रमित थपिएका छन्।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ८७१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ।