logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गण्डकी प्रदेशमा मन्त्री थपिदै, कांग्रेस नेता डोबाटेलाई विनाविभागीयमन्त्रीमा नियुक्त गरिदै


अंकुरण खबर
832
Shares

गण्डकी प्रदेशमा मन्त्रिपरिषद पुनः विस्तार हुने भएको छ ।

नेपाली कांग्रेसका नेता डोबाटे विश्वकर्मालाई विनाविभागीयमन्त्रीमा नियुक्त गर्न लागिएको बताइएको छ ।

विश्वकर्माले आज साँझ ५ बजे शपथ लिने तयारी भएको स्रोतको भनाइ छ ।

संविधानतः कुल प्रदेशसभा सदस्यको २० प्रतिशत सांसदलाई मन्त्री बनाउन सकिने व्यवस्था छ । ६० प्रदेशसभा सदस्य रहेको गण्डकीमा अहिले ११ मन्त्री छन् ।