पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २९५ जना कोरोना संक्रमित थपिएका छन्।
तीमध्ये काठमाडौंमा १९१, भक्तपुरमा २६ र ललितपुरमा ७८ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लोपटक थपिएको सहित हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या ३,४१२ रहेको छ।
तीमध्ये काठमाडौंमा १,९६८, भक्तपुरमा ६४८ र ललितपुरमा ७९६ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।