logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आगामी विश्वकपमा छनोट हुने जर्मनी पहिलो टोली


अंकुरण खबर
1.586K
Shares

आगामी वर्ष कतारले आयोजना गर्ने फिफा विश्वकप फुटबलका लागि छनोट हुने जर्मनी पहिलो टिम बनेको छ ।

विश्वकपको युरोपियन छनोट अन्तर्गत सोमबार राति नर्थ म्यासेडोनियालाई ४–० गोल अन्तरले पराजित गर्दै जर्मनी दुई खेल अगावै विश्वकपका लागि छनोट भएको हो ।

जर्मनीको जितमा टिमो वेर्नरले दुई तथा काइ हाभर्ट्ज र जमाल मुसियालाले एक–एक गोल गरे ।

समूह जे मा रहेको जर्मनी ८ खेलमा २१ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । चारपटकको विश्वविजेता जर्मनी २० औं पटक विश्वकपमा स्थान बनाउन सफल भएको हो ।  अब जर्मनीले लिचेस्टाईन र अर्मेनियासँग खेल्नेछ ।