logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मुख्यमन्त्री पोखरेलको सन्देश : स्वास्थ्य मापदण्ड अपनाएर दसैं मनाउनुहोस्


अंकुरण खबर
2.002K
Shares

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कोभिड–१९ को खतरा अझै कायमै रहेकाले चाडपर्व तथा उत्सव मनाउँदा सरकारले जारी गरेका स्वास्थ्य मापदण्ड पूर्ण रूपमा अपनाएर खुसियाली साट्न अपिल गरेका छन्।

उनले बडादसैंलाई आपसी सद्भाव, भाइचारा र मित्रवत् सम्बन्ध विकास गर्ने अवसरका रूपमा मनाउन प्रदेशवासी र देशवासीलाई आग्रह पनि गरेका छन्।

आज (मंगलबार) दशैंको शुभकामना सन्देश जारी गर्दै उनले दसैंको राजनीतिक परिवर्तनसँगै परम्परागत मूल्य, मान्यता, संस्कार र पर्वहरुलाई समयानुकूल बनाउनुपर्ने बताएका छन्।

‘हाम्रा मौलिक पर्वहरुभित्र रहेका सकारात्मक र मानवीय जीवनको प्रगति र विकासका लागि मूल्यवान् संस्कार र प्रवृत्तिहरुको संरक्षण गर्नु जरुरी छ,’ उनले भनेका छन्, ‘यसले हाम्रा मूल्य, मान्यता र संस्कारहरूलाई थप बलियो र जीवनमुखी बनाउन सक्नेमा म विश्वस्त छु।’

दसैंलगायतका सांस्कृतिक पर्वहरुले नेपाली समाज र मानव जीवनमा भातृत्व, भावनात्मक एकता र राष्ट्रिय गौरवका निम्ति विशिष्ट योगदान पुर्‍याउँदै आएको उल्लेख गदैृ उनले भनेका छन्, ‘यसलाई विकसित तुल्याएर राष्ट्रिय एकता हासिल गर्दै समृद्धि र सामाजिक परिवर्तनलाई संस्थागत गर्नु हाम्रो कार्यभार हो।