पुरुष साफ च्याम्पियनसिप अन्तर्गत नेपालले बुधबार बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।
पहिलोपटक पुरुष साफ च्याम्पियनसिपको फाइनल नजिक रहेको नेपालका लागि बुधबार बंगलादेशसँगको खेलको निकै महत्व रहनेछ । यस खेलबाट नेपालले कम्तीमा एक अंक प्राप्त गर्न सके फाइनलमा स्थान पक्का हुनेछ । त्यसैले ब्धवारको खेलमा नेपालले कम्तीमा बराबरी खेल्न्पर्ने दबाब छ ।
माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशाला नेपाली समयअनुसार साँझ पौने ५ बजे सुरु हुने खेलमा नेपाल मात्र एक अंक प्राप्त गर्न सके सन् १९९३ बाट सुरु साफ च्याम्पियनसिपको १३ औं संस्करण आइपुग्दा पहिलोपटक फाइनल पुग्नेछ ।
नेपालले अहिलेसम्म साफ च्याम्पियनसिपको फाइनल यात्रा तय गर्न सकेको छैन । बंगलादेशविरुद्ध बराबरी वा जितको नतिजाले नेपाल पहिलो पटक साफको फाइनल पुग्नेछ । साफमा सेमिफाइनलसम्मको यात्रा नेपालको ठूलो उपलब्धी हो ।
यदि बंगलादेशबिरुद्ध हारले भने नेपाल सिंगल राउन्ड रोबिनको यस प्रतियोगिताबाट बाहिरिने छ ।
नेपाली टिमका सहायक प्रशिक्षक किरण श्रेष्ठ र गोलरक्षक विशाल श्रेष्ठले प्री म्याच पत्रकार सम्मेलनमा बंगलादेशविरुद्ध जितकै लागि खेल्ने बताएका छन् ।
प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउने छन् । नेपाल ३ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । अब नेपाललाई फाइनल पुग्न मात्र एक अंकको आवश्यकता रहेको छ । बंगलादेश ३ खेलमा ४ अंक जोडेर चौंथो स्थानमा रहेको छ । माल्दिभ्स ३ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा छ । नेपालसँग पराजित माल्दिभ्स हेड टु हेडमा पछि रहेको हो । भारत ३ खेलमा ५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । ४ खेलमा १ अंक जोडेको श्रीलंका भने प्रतियोगिताबाट बाहिरिसकेको छ ।
नेपालले सुरुआती दुई खेलमा लगातार जित निकालेको थियो । माल्दिभ्सलाई १९० ले हराएको नेपालले श्रीलंकालाई ३–२ ले हराएको थियो । तर, नेपाल आइतबार भारतसँग १–० ले पराजित भएको थियो ।
बुधबार अर्को खेलमा भारतले माल्दिभ्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ । दुबै टिम जित निकाल्दै फाइनल पुग्न चाहन्छन् । फाइनलका लागि माल्दिभ्सलाई बराबरी काफी छ भने भारतलाई जितको विकल्प छैन ।