logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पहिलो हाफ : बंगलादेशबिरुद्ध नेपाल १-० ले पछाडि


अंकुरण खबर
806
Shares

साफ च्याम्पियनसिप फुटबलमा बंगलादेशबिरुद्ध नेपाल १-० ले पछाडि परेको छ ।

बंगलादेशका लागि खेलको ९औँ मिनेटमा बंगलादेशका सुमन रेजाले गोल गरे । नेपालले गोलका केही राम्रा अवसर सदुपयोग गर्न सकेन ।

आजको खेलमा नेपाललाई कम्तीमा बराबरी गर्नुपर्ने दबाव छ । अहिलेसम्म साफ च्याम्पियनसिपको फाइनलसम्म नपुगेको नेपाललाई आजको खेलमा कम्तीमा बराबरी गरेमा पनि फाइनल पुगेर इतिहास रच्ने मौका छ ।

नेपाल ६ अङ्कसहित तालिकाको दोस्रो स्थानमा रहेको छ । अर्कोतिर चार अङ्कसहित चौथो स्थानमा रहेको बंगलादेशलाई पनि फाइल पुग्न जित्नैपर्ने दबाव छ । आजको खेल जितेमा बंगलादेश फाइनल पुग्नेछ ।