logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा थपिए २१६ कोभिड संक्रमित


अंकुरण खबर
1.352K
Shares

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २१६ जना कोभिड संक्रमित थपिएका छन् ।

तीमध्ये आज काठमाडौंमा १४७ जना, भक्तपुरमा २० जना र ललितपुरमा ४९ जना संक्रमित थपिएका हुन् । योसँगै उपत्यकामा सक्रिय संक्रमिको संख्या ३ हजर ५८ पुगेको छ ।

आज देशभर १२ हजार ७९१ जना होम आइसोलेसनमा, १ हजार ६२ जना संस्थागत आइसोलेसनमा, ३१० जना आईसीयू तथा १०५ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।