logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आईपीएलको फाइनलमा आज चेन्नई र कोलकत्ता भिड्दै


अंकुरण खबर
1.131K
Shares

इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेट अब समापनको घेरामा आइपुगको छ। अब विश्वकै महंगो फ्रेन्चाइज क्रिकेटको एकमात्र खेल बाँकी छ। त्यो खेल प्रतियोगिताको उपाधिका लागि हुनेछ।

यूएईको दुवइ अन्तर्राष्ट्रिय रंगशालामा हुने फाइनल खेलमा शुक्रबार उपाधिका लागि चेन्नई सुपर किंग्स र कोलकत्ता नाइट राइडर्सले प्रतिस्पर्धा गर्नेछन्। पहिलो क्वालिफायरमा जित निकालेर चेन्नई सुपरकिंग्स र दोस्रो क्वालिफयारमा जित नकाल्दै कोलकत्ता फाइनलमा पुगेका हुन्। चेन्नईले तीन पटक उपाधि जितिसकेको छ। अब चेन्नई अर्को एक उपाधि जित्दै सर्वाधिक आईपीएल जित्ने मुम्बई इन्डियन्सले बनाएको पाँच उपाधिको रेकर्डसँग नजिक पुग्न चाहन्छ।

चेन्नईले २०१०, २०११ र २०१८ मा उपाधि जितेको हो। यता कोलकत्ताले पनि एक पटक उपाधि जितिसकेको छ। त्यसैले कोलकत्ता फेरि उपाधि जित्दै उपाधि आफ्नो नाममा गर्न चाहन्छ। उसले सन् २०१४ मा पहिलो पटक आईपीएलको उपाधि जितेको थियो। यो सिजनमा दुवै टिमका खेलाडीको प्रदर्शन सम्झनलायक रुह्यो। तर, दुवैटिमको कप्ताको व्यक्तिगत प्रदर्शन भने खास रहेन। दुवैले खेलको फिनिसरको रुपमा खेलेका थिए। जसमा चेन्नईका कप्तान महेन्द्र सिंह धोनीका लागि क्वालिफायरको खेल चाहिँ सम्झनलायक रह्यो।

धोनीको कप्तानीमा चेन्नईले समूह चरणका १४ खेलमध्ये ९ खेलमा जित निकाल्दै १८ अंक जोड्यो। त्यसबाट चेन्नई शीर्ष दुईमा रहँदै क्वालिफायरमा पुगेको थियो। सो क्रममा धोनीले १५ खेलको ११ पारी खेलेर ११४ रन बनाए। जसमा उनको सर्वाधिक रन १८ रह्यो। यता कोलकत्ताका लकप्तान हुन् इयोन मोर्गन। उनको कप्तानीमा कोलकत्ता भाग्यले बाँचेर प्लेअफमा पुगेको थियो।

अक्सर ८ खेल जित्दा प्ले अफ पुगिने आईपीएलमा कोलकत्ता ७ खेल जितेरै पहिलो इलिमिनेटर खेलेको थियो। ताकी उसले इन्डियामा भएकोखेलमा राम्रो प्रदर्शन नगरे पनि यूएईमा भएका सातमध्ये ५ खेलमा जित ननिकालेको थियो। कप्तान मोर्गनले लिगभरी १६ खेलबाट १५ पारी खेलेर कुल १२९ रन मात्र बनाए। उनको सर्वाधिक स्कोर ४७ रन रह्यो।