कतार विश्वकप २०२२ को लागि दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले जित निकालेको छ ।
शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिनाले पेरुमाथि १-० गोल अन्तरको जित निकालेको हो ।
जितसँगै अर्जेन्टिना छनोटमा दोस्रो स्थानमा छ ।
११ खेल सकिंदा सात जित र चार बराबरीपछि अर्जेन्टिनाको २५ अंक भएको छ ।
पछिल्लो जितसँगै अर्जेन्टिना २५ खेलसम्म अपराजित रहेको छ ।
अर्को खेलमा चिलीले भेनेजुएलामाथि ३-० गोलको सहज जित निकालेको छ ।