स्वास्थ्यमा समस्या देखिएपछि नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरण अस्पताल भर्ना भएका छन् ।
दम बढेपछि वैद्य आज थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका हुन् ।
वैद्य लामो समयदेखि दमबाट पीडित छन्। उनको उपचार जारी रहेको र अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।