आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् ।
ओमानको अल अमिरात मैदानमा पहिलो चरण अन्तर्गत आयरल्याण्ड र नेदरल्यान्ड्स तथा श्रीलंका र नामिविया खेल्दैछन् । आयरल्याण्ड र नेदरल्यान्ड्सबीचको खेल दिउँसो पौने चार बजे सुरु हुनेछ ।
यस्तै श्रीलंका र नामिवियाबीचको खेल बेलुका पौने आठ बजे हुनेछ ।
यसअघि हिजो भएको खेलमा ओमान र स्कटल्याण्डले विजयी सुरुआत गरेका छन् ।
विश्वकपको पहिलो चरणमा आयरल्याण्ड, नामिबिया, श्रीलंका र नेदरल्याण्ड्स समूह ए मा छन् भने बंगलादेश, स्कटल्याण्ड, पपुवा न्युगिनी र ओमान समूह बी मा रहेका छन् । दुई वटा समूहका शीर्ष दुई-दुई टोली अन्तिम १२ मा पुग्नेछन् ।
अन्तिम १२ का खेल आउँदो शनिवारदेखि सुरु हुनेछन् ।