logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

९ गतेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक, ११ गतेका लागि सर्‍यो


अंकुरण खबर
780
Shares

यही कात्तिक ९ गतेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक ११ गतेका लागि सरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठक दुई दिनपछि सारेका हुन।

सभामुखका तर्फबाट आगामी ९ गतेका लागि डाकिएको प्रतिनिधिसभाको बैठक सारिएको सूचना संसद् सचिवालयले प्रकाशित गरेको छ ।

‘मिति २०७८ साल कात्तिक ९ गते मंगलबार दिनको १ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारणवश सो दिन र समयमा बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ६ को उपनियम ९३० बमोजिम सम्माननीय सभामुखज्यूले मिति २०७८ साल कात्तिक ११ गते बिहीबार दिनको २ बजे बैठक बस्ने गरी निर्धारण गर्नुभएको ब्यहोरामा सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,” संसद सचिवालयका महासचिव गौतमले जारी गर्नु भएको सूचनमा भनिएको छ ।