logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा उपलब्ध कोरोनाको सबै खोप गर्भवतीले लगाउन मिल्छ : स्वास्थ्य मन्त्रालय


अंकुरण खबर
1.014K
Shares

अहिलेसम्म नेपालमा उपलब्ध कोरोना भाईरसविरुद्धको खोप १८ वर्षमाथिका नागरिकले लगाउन मिल्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। तर, कतिपय नखोपले नकारात्मक असर गर्छ भन्ने गलत मानसिकताका कारण खोप लगाउन नगएको देखिएको छ ।

यसमध्ये कतिपय गर्भवती महिला समेत खोपले गर्भमा रहेको शिशुलाई असर गर्छ भन्ने गलत मनसायका साथ खोप लगाउन नगएको देखिएको छ।

यता स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रखुख डाक्टर सागर दाहालले नेपालमा उपलब्ध भएका सबै कम्पनीका खोपहरु गर्भवती महिलाले पनि लगाउन मिल्ने बताए। गर्भवती महिला कोरोनाविरुद्धको खोप लगाउन डराएको केही सूचनाहरु आएकाले ढुक्क भएर खोप लगाउन उनको आग्रह छ।
बिभिन्न जिल्लाहरुबाट गर्भवती महिलाले खोप लगाउन डराएको बुझिएको छ, हामीकहाँ उपलब्ध सबै प्रकारका खोप गर्भवती महिलाले पनि लगाउन मिल्ने अन्तराष्ट्रिय स्तरबाटै प्रमाणित भएको छ यसकारण सबै गर्भवती महिलालाई ढुक्क भएर खोप लगाउन डाक्टर दाहालले आग्रह गरेका छन्।

मन्त्रालयले सबै जिल्लाहरुबाट कति गर्भवती महिलाले कोरोना विरुद्धको खोप लगाए भन्ने तथ्याङ्क संकलन गर्ने कार्य गरिरहेकाले अहिले नै खोप नलगाएका गर्भवतीको संख्या यति छन् भन्न नसकिने डा दाहालले बताए।

ुहामीले विभिन्न सर्भेबाट कुन जिल्लामा कति गर्भवती महिलाले कोभिड विरुद्धको खोप लगाएका छन् र कतीले लगाएनन भन्ने तथ्यांक निकाल्दै छौँ, तथ्यांक आएपछि मात्र कतिले लगाएनन भन्न सकिन्छ,ु उनले भने। गोरखापत्र दैनिकबाट ।