logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

काठमाडौं उपत्यकामा थप २२७ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
663
Shares

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा बढी काठमाडौ जिल्लामा १८५ मा संक्रमण पुष्टि भएको छ । त्यस्तै, भक्तपुरमा ९ र ललितपुरमा ३३ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ७७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

आज ५०१ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर १० हजार ३६० सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।