logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

तालिबानी सरकारलेलगायो अफगानिस्तानको विदेशी मुद्रामाथि प्रतिबन्ध


अंकुरण खबर
1.352K
Shares

तालिबानी सरकारले अफगानिस्तानको विदेशी मुद्रामाथि प्रतिबन्ध लगाएको छ ।

तालिबानका प्रवक्ता जबीउल्लाह मुजाहिदले घरेलु लेनदेनमा कोही व्यक्तिले विदेशी मुद्राको प्रयोग गरे उसमाथि कारबाही हुने घोषणा गरेको बीबीसीले जनाएको छ।

उनले भनेका छन्, “देशको आर्थिक अवस्था र अन्य हितका लागि हरेक अफगान नागरिकले अफगानी पैसाकोको प्रयोग गर्न जरुरी छ। इस्लामी अमिरात सबै नागरिक, पसले, व्यापारी र आम मानिसले सबै लेनदेन अफगानीमा गर्न आदेश दिन्छ। र, विदेशी मुद्रामाथिको प्रयोगमा प्रतिबन्ध लगाउँछ।”

१५ अगस्टमा देशमा कब्जा गरेपछि अफगानिस्तानको मुद्रा ‘अफगानी’ को मूल्य निकै कमजोर भएको छ।

अफगानिस्तानमा व्यापारी लेनदेन अमेरिकी डलरमा हुँदै आएको छ। र, पाकिस्तानसँग सीमा जोडिएको स्थानमा पाकिस्तानी रुपैयाँ चल्ने गरेको बीबीले जनाएको छ।