इंग्ल्याण्ड र अष्ट्रेलिया आईसीसी टी २० विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् ।
शनिबार राति भएको खेलमा अन्तिम दुई खेलको नतिजा आएसँगै यी सेमिफाइनलमा पुगेका हुन् । सुपर १२ अन्तर्गत समूह एकबाट इंग्ल्याण्ड र अष्ट्रेलिया समान ८ ८ अंकका साथ समूह विजेता र उपविजेता हुँदै सेमिफाइनल पुगेका हुन् ।
पहिलो खेलमा इंग्ल्याण्डले अन्तिम खेलअघि नै ८ अंक जोडेको थियो । अष्ट्रेलियाले वेष्ट इन्डिजलाई हराएर ८ अंक जोडेको थियो भने दोस्रो खेलमा साउथ अफ्रिकाले शीर्ष स्थानमा रहेको इंग्ल्याण्डलाई हराएर ८ अंक नै जोडेको थियो ।
यो समूहका बंगलादेश, श्रीलंका र वेष्ट इन्डिज भने यसअघि नै समूह चरणबाट बाहिरिसकेका थिए । चौथो स्थानमा रहेको श्रीलंकाले चार, पाँचौं स्थानमा रहेको वेष्ट इन्डिजले दुई जोडेका थिए भने बंगलादेश एक खेल नजितेर बाहिरिएको हो ।
समूह बीको भने सबै टिमले एक एक खेल खेल्न बाँकी रहेकाले सेमिफाइनल पुग्ने टिमको टुंगो लागेको छैन् ।