logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा थपिए १४५ जनामा कोरोना संक्रमित


अंकुरण खबर
728
Shares

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमध्ये काठमाडौंमा १०१ जना, भक्तपुरमा ११ जना र ललितपुरमा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या एक हजार ५६५ रहेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा देशभर ३७७ जना कोरोना संक्रमित थपिएका छन् । आज १७० जना संक्रमणमुक्त भएका छन् भने ४ जनाको संक्रमणका कारण मृत्यु भएको छ ।