कतारमा अर्को हुने विश्वकप फुटबलका लागि नेदरल्याण्ड्स छनोट भएको छ ।
युरोपियन छनोटअन्तर्गत गएराति भएको निर्णाक खेलमा नेदरल्याण्ड्सले नर्वेलाई २–० ले हराउँदै विश्वकपमा स्थान पक्का गरेको हो ।
नेदरल्याण्ड्सलाई जित दिलाउन स्टेभेन बेर्गविज्न र माम्पिस डिपाएले एक–एक गोल गरे । बेर्गविज्नले ८४ औँ तथा डिपाएले अन्तिम समयमा गोल गरेका थिए ।
नेदरल्याण्ड्स समूह जीको विजेता बन्दै विश्वकपमा छनोट भएको हो । यस समूहबाट टर्की दोस्रो हुँदै प्ले अफमा पुगेको छ ।गएराति भएको खेलमा मोन्टेनेग्रोलाई २–१ ले हराउँदै टर्कीले प्ले अफमा स्थान सुरक्षित गरेको हो ।
विश्वकपको तीनपटकको उपविजेता नेदरल्याड्स आठ वर्षपछि विश्वकपमा छनोट भएको हो । यसअघि अर्थात सन् २०१८ को विश्वकपमा नेदरल्याड्स छनोट भएको थिएन ।