logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

ललितपुर महानगरपालिकामा भेरोसेल खोपको दोस्रो मात्रा लगाउन शुरू


अंकुरण खबर
793
Shares

ललितपुर महानगरपालिकामा भेरोसेल खोपको दोस्रो डोज आजदेखि लगाउन शुरु गरिएको छ ।

बिहीबार र शुक्रबार दुई दिन कोभिड–१९ विरुद्धको भेरोसेलको दोस्रो डोज खोप लगाइने ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

पहिलो डोज लगाएको २१ दिन पूरा भइसकेका व्यक्तिहरुले आ–आफ्नो वडामा सम्पर्क गरी खोप लगाउन सकिने उनले जानकारी दिए ।