ललितपुर महानगरपालिकामा भेरोसेल खोपको दोस्रो डोज आजदेखि लगाउन शुरु गरिएको छ ।
बिहीबार र शुक्रबार दुई दिन कोभिड–१९ विरुद्धको भेरोसेलको दोस्रो डोज खोप लगाइने ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
पहिलो डोज लगाएको २१ दिन पूरा भइसकेका व्यक्तिहरुले आ–आफ्नो वडामा सम्पर्क गरी खोप लगाउन सकिने उनले जानकारी दिए ।
