logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

काठमाडौं उपत्यकामा थप १२० जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
1.573K
Shares

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

तीमध्ये काठमाडौंमा ९० जना, भक्तपुरमा ५ जना र ललितपुरमा २५ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लोपटक थपिएको सहित हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या १,६२८ रहेको छ। तीमध्ये काठमाडौंमा ५८५ जना, भक्तपुरमा ४७५ जना र ललितपुरमा ५६८ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै, पछिल्लो २४ घन्टामा देशभरिमा २९९ जना कोरोना संक्रमित थपिएका छन्।

मन्त्रालयका अनुसार सोही अवधिमा २६० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ।