logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

कास्कीमा माओवादी वडा अधिवेशन सम्पन्न


अंकुरण खबर
2.743K
Shares

कास्कीका स्थानीय तहका वडामा माओवादी केन्द्रको वडा अधिवेशन सम्पन्न भएको छ।

पोखरा महानगरपालिकासहित अन्नपूर्ण, मादी, रुपा र माछापुच्छे« गाउँपालिकाका ७२ वडा मध्ये अधिकांशमा शनिबार अधिवेशन गरिएको सो पार्टीका जिल्ला इन्चार्ज राजकाजी गुरुङले जानकारी दिए।

उनका अनुसार केही वडामा आन्तरिक तयारी नपुगेकाले अधिवेशन नभए पनि अन्य सबैमा अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गरिएको छ।

उनले भने, ‘पार्टी केन्द्रको निर्धारित कार्यतालिका अनुसारनै जिल्लाका स्थानीय तहका वडामा उत्साहजनक रुपमा अधिवेशन सम्पन्न भएका छन्। केहीमा बाहेक अन्यमा नेतृत्वसमेत चुनिएको छ।’