पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप १३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
जसमध्ये काठमाडौंमा ९८ जना, भक्तपुरमा ८ जना र ललितपुरमा २४ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लोपटक थपिएको सहित हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या १,४७७ रहेको छ। तीमध्ये काठमाडौंमा ४६६ जना, भक्तपुरमा ४५८ जना र ललितपुरमा ५५३ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यस्तै, पछिल्लो २४ घन्टामा देशभरिमा २३८ जना कोरोना संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार सोही अवधिमा ३७० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ।