logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा थप १७० जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
611
Shares

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप १७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

जसमध्ये काठमाडौंमा १२४ जना, भक्तपुरमा १० जना र ललितपुरमा ३६ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लोपटक थपिएको सहित हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या १,५६० रहेको छ। तीमध्ये काठमाडौंमा ५५४ जना, भक्तपुरमा ४६२ जना र ललितपुरमा ५४४ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै, पछिल्लो २४ घन्टामा देशभरिमा ३८५ जना कोरोना संक्रमित थपिएका छन्। सोही अवधिमा २५८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने आज कोरोना संक्रमणबाट चार जनाको मृत्यु भएको छ।