खेलकुद

महिला टी-ट्वान्टी विश्वकप छनोट : नेपाल र भुटान भिड्दै

आईसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटको दोस्रो खेलमा नेपाली महिला क्रिकेट टोलीले आज मंगलबार भुटानसँग प्रतिस्पर्धा गर्दैछ ।

दुबईमा हुने नेपाल र भुटानबीचको खेल नेपाली समय अनुसार दिउसो ३:१५ बजे सुरु हुनेछ ।

भुटानविरुद्ध मैदान उत्रदा नेपाल जित हात पार्ने दाउमा हुनेछ । नेपाल पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको थियो ।

छनोटमा ६ टिम सहभागी छन् । छनोटको विजेता टिमले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन् ।

Comment here