logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा थप १४४ जनामा कोरोना संक्रमण


अंकुरण खबर
1.69K
Shares

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप १४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

जसमध्ये काठमाडौंमा १०५ जना, भक्तपुरमा ९ जना र ललितपुरमा ३० जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो पटक थपिएको सहित हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या १,६०७ रहेको छ। तीमध्ये काठमाडौंमा ५९० जना, भक्तपुरमा ४६७ जना र ललितपुरमा ५५० जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै, पछिल्लो २४ घन्टामा देशभरिमा ३५१ जना कोरोना संक्रमित थपिएका छन्। सोही अवधिमा २५८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ।