logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा थप १८१ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
1.508K
Shares

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप १८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

जसमध्ये काठमाडौंमा १४४ जना, भक्तपुरमा ११ जना र ललितपुरमा २६ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लोपटक थपिएको सहित हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या १,६९४ रहेको छ। तीमध्ये काठमाडौंमा ६७७ जना, भक्तपुरमा ४७१ जना र ललितपुरमा ५४६ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै, पछिल्लो २४ घण्टामा थप ३३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार सोही अवधिमा २३२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने कोरोना संक्रमणबाट चार जनाको मृत्यु भएको छ ।