आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटमा कुवेतले नेपाललाई जितका लागि सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।
बिहीबार बिहान भएको खेलमा टस जितेर ब्याटिङ रोजेको कुवेत १५.४ ओभरमा अलआउट हुँदै २७ रन बनाएको हो ।
कुवेतका लागि ओपनर प्रियदा मुरलीले सर्वाधिक १० रन बनाइन् । नेपालको उत्कृष्ट तथा कसिलो बलिङसामू अन्य ब्याट्सम्यान चल्न सकेनन् । नेपालका लागि सिता मगर र कप्तान रुविना क्षेत्रीले समान २–२ विकेट लिए ।
नेपाल आज कुवेतलाई सहज रूपमा हराउँदै नेट रनरेट बढाएर शीर्षस्थानमा पुग्ने दाउमा छ ।
पहिलो खेलमा नेपाल हङकङसँग ६ विकेटले हार्यो तर, दोस्रो खेलमा नेपालले भुटानलाई ८ विकेटले जितेको थियो ।
६ टोली सहभागी प्रतियोगिताको शीर्ष टोलीले ग्लोबल छनोटमा स्थान बनाउनेछ ।