logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

काठमाडौं उपत्यकामा थपिए १३० जनामा कोरोना संक्रमित


अंकुरण खबर
1.638K
Shares

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप १३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

जसमध्ये काठमाडौंमा ७८जना, भक्तपुरमा १६ जना र ललितपुरमा ३६ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लोपटक थपिएको सहित हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या १,७२० रहेको छ। तीमध्ये काठमाडौंमा ६८६ जना, भक्तपुरमा ४८२ जना र ललितपुरमा ५५२ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै, पछिल्लो २४ घन्टामा देशभरिमा ३०८ जना कोरोना संक्रमित थपिएका छन्।

मन्त्रालयका अनुसार सोही अवधिमा २९८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको छ।