logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आईसीसी महिला टि-२० विश्वकप : नेपाल आज मलेसियासँग भिड्दै


अंकुरण खबर
988
Shares

आईसीसी महिला टि-२० विश्वकप एसिया क्षेत्रको छनोटमा आज नेपालले मलेसियासँग खेल्दै छ।

नेपालले आज चौथो खेलमा मलेसियासँग भिड्न लागेको हो। यसअघि पहिलो खेलमा हङकङसँग पराजित भएको थियो भने त्यसपछि भुटान र कुवेतलाई पराजित गरेको थियो।

दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा आज बिहान ११ः१५ बजे नेपाल र मलेसियाको खेल हुनेछ। ग्लोबल छनोटको सम्भावना कायमै राख्न नेपाललाई मलेसियामाथि जित निकाल्नै पर्ने दबाब छ। सन् २०१९ मा भएको दुई भेटमा नेपालले मलेसियालाई हराएको थियो।

प्रतियोगितामा ६ टिम सहभागी छन्। छनोटको विजेता टिमले विश्वकपको ग्लोबल छनोट खेल्न पाउनेछ।