logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ए डिभिजन लिग : दोस्रो खेलमा थ्रीस्टार सातदोबाटोसँग पराजित


अंकुरण खबर
767
Shares

च्यासल युथ क्लबसँग ३-० गोल अन्तरको फराकिलो जित निकालेको थ्रीस्टार क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत दोस्रो खेलमा नवप्रवेशी क्लब सातदोबाटो युथ क्लबसँग पराजित भएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार सम्पन्न दोस्रो चरणको दिनको पहिलो खेलमा सातदोबाटोले उपाधि दाबेदार थ्रीस्टार क्लबलाई १-० गोल अन्तरले पराजित भएको हो।

पहिलो खेलमा तीनै गोल ‘सेफ पिस’बाट गरेको थ्रीस्टारको दोस्रो खेलको ‘लाइनअपमा’मा पनि गोल स्कोरको कमी देखिएको थियो। खेलको अधिकांश समय दबाब झेलेको थ्रीस्टारले १ गोलको नतिजा उल्टाउन नस्कदा महत्त्वपूर्ण ३ अंक गुमाएको छ।

२८औं मिनेटसम्म दुवै टिमबाट गतिलो मुभ प्रदशर्न हुन नसकेपनि खेलको २९औं मिनेटमा सातदोबाटोले खेलमा अग्रता लिएको थियो।

मार्टिन्स अजयीले ५ यार्डबाट बाहिरतर्फ दिएको पासलाई अनमार्कमा रहेका सुदिप गुरुङले कनेक्ट गर्दै गोल गरे। उनले डिबक्स बाहिरबाट गरेको प्रहार थीस्टारका गोलरक्षक प्रिसोले बचाउन सकेनन्।

यस्तै, ३७औं मिनेटमा थ्रीस्टारका ऋतिक कुमार खड्काले २५ यार्डबाट गरेको शशक्त प्रहार सातदोबाटोका गोलकिपर अभिषेक बरालले उत्कृष्ट बचाउ गरे।

दोस्रोको केही मिनेट आक्रमक खेल्ने प्रयास गरेपनि थ्रीस्टारले कुनै राम्रो मुभ बनाउन सकेन। थ्रीस्टारले फिजिकल गेम खेल्दा सातदोबाटोका केही खेलाडीलाई  निक्कै समस्यामा पारेको थियो। यद्यपि, खेलमा भने सातदोबाटोले थ्रीस्टारलाई दबाबमा राख्न सफल भयो।

खेलको ७२औं मिनेटमा पेनाल्टी एरियाबाट अजयीले गरेको प्रहारलाई थ्रीस्टारका गोलरक्षक प्रिसोले बचाए।

८२औं मिनेटमा निशान खड्काले प्रहार गरेको बललाई थ्रीस्टारका कप्तान विक्रम लामाले हेड गरेका थिए। तर, उनको प्रहारले दिशा लिन सकेन। त्यसपछि थ्रीस्टारले कुनै सुनौलो अवसर निकाल्न सकेन र सातदोबाटोलाई ३ अंक सुम्पियो।

जितसँगै सातदोबाटोले महत्पूर्ण तीन अंक जोडेको छ। पहिलो खेलमा सातदोबाटोले ललितपुरकै अर्को क्लब फ्रेन्ड्ससँग गोलरहित बराबरी खेलेको थियो।