logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमालेको दसौं महाधिवेशनलाई सबैले चासोका साथ हेरिरहेका छन् : ओली


अंकुरण खबर
1.118K
Shares

एमाले अध्यक्ष केपी ओलीले एमालेको दसौं महाधिवेशनलाई सबैले चासोका साथ हेरिरहेको बताएका छन्।

चितवनस्थित नारायणी नदी किनारमा आज एमाले दसौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

‘यो महाधिवेशनलाई देशभरिका जनताले आशा, विश्वास, भरोसाका साथ हेरिरहेका छन्,’ उनले भनले, ‘एमालेले भव्यताका साथ एकताबद्ध भएर, लोकतान्त्रिक पद्धति अपनाएर, सहमतिका साथ कसरी अधिवेशन गर्छ भनेर सबैले हेरिरहेका छन्।’

अरू पार्टीहरूले पनि महाधिवेशनलाई उत्सुकताका साथ हेरिरहेको  उनको  भनाइ थियो। महाधिवेशनका लागि जनताले छानेर पठाएको प्रतिनिधि गैरजिम्मेवार नभएको उनले बताए।

यो अधिवेशव देशको सबभन्दा ठूलो र देशको बढी जनताले मन पराएको पार्टी उकालेको भएको उल्लेख गर्दै कैयौं अग्रजले बलिदान दिएर, राणा शासन ढालेर, पञ्चयत ढालेर निरंकुश राजतन्त्र फाल्ने आन्दोलनमा सहभागी भएको पार्टी एमाले भएको उनले बताए।

अनेक प्रकारका कष्ट झेलेर अन्धकार युगलाई यहाँसम्म ल्याउन वैचारिक र व्यावहारिक ढंगले नेतृत्व गर्द आएको पार्टीको महाधिवेशन भव्यताका साथ चितवनमा भइरहेको उनले बताए।

आज प्रमुख राजनीतिक पार्टी बनेको एमालेले हिजो इतिहासमा रगत बगाएर, दुःखकष्ट सहेर, बलिदान दिएर, देशलाई परिवर्तन गर्ने महान् आन्दोलन हाँकेर देशलाई यहाँसम्म ल्याइपुर्‍याउन योगदान गरेको उनले उल्लेख गरे।

आजका समस्या ठीक ढंगले पहिचान गरेर समाधान गर्ने ऐतिहासिक अभिभारा बोकेको, समृद्ध नेपाल सुखी नेपाली बनाउने ऐतिहासिक अभिभारा बोकेको, नेपालका राजनीतिक, आर्थिक, सामाजिकलगायत अन्य विभिन्न प्रकारका समस्या समाधान गर्ने अभिभारा बोकेको पार्टी उमाले नै भएको उनले जिकिर गरे।

बलिदान र संघर्षका ७२ वर्ष पार गरेको यो पार्टीले कहिलेकहिले उतारचढाव भोगे पनि आमरूपमा सफलताको सिँढी चढ्दै गरेको नेपालको सबैभन्दा ठूलो पार्टी बनेको उनले बताए।

समाज परिवर्तनका लागि उग्र वामन्थ, आडम्बर आदि नदेखाई व्यावहारिक ढंगले वास्तविक अर्थमा क्रान्तिकारी, अग्रगामी परिवर्तन कसरी गर्न सकिन्छ भनेर उचित व्यावहारिक आवश्यक नीति तर्जुमा गर्ने र तिनहिरूलाई व्यवहारमा परिवर्तन गर्ने पर्टाीको दसौं महाधिवेशन भइरहेको उल्लेख गरे ।