logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

टी–२० विश्वकप छनोटमा आज नेपाल यूएईसँग भिड्दै


अंकुरण खबर
1.352K
Shares

आईसीसी महिला टी–२० विश्वकप अन्तर्गत एसिया क्षेत्रको छनोटमा आज नेपाल यूएईसँग भिड्न लागेको छ।

नेपाल र यूएईको खेल दुबईमा आज बिहान ११ः१५ बजे सुरु हुनेछ। आजको खेल नेपालका लागि फाइनलजस्तै हुनेछ।

यूएई अंक तालिकाको शीर्षस्थानमा छ। यूएईले आठ अंक जोडेको छ।

नेपाल अंक तालिकाको दोस्रो स्थानमा छ। अहिले नेपालको ६ अंक छ। नेपालले जितेमा आठ अंक हुनेछ। तर, अहिले यूएईको रनरेट नेपालको भन्दा राम्रो छ।

आज नेपालले यूएईलाई राम्रो रनरेट निकाल्ने गरी हराउनुपर्नेछ। त्यसपछि मात्रै नेपाल टी–२० विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ।