logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

माओवादी पालिका अधिवेशनः चितवनमा पाँच पालिकामा नयाँ नेतृत्व


अंकुरण खबर
806
Shares

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को पालिकाको प्रथम सम्मेलनले जिल्लाका पाँच पालिकामा नयाँ नेतृत्व चयन गरेको छ ।

जिल्लाका सात पालिकामध्ये भरतपुर महानगरपालिका सहित माडी, राप्ती, खैरहनी नगरपालिका र इच्छाकामना गाउँपालिकामा नयाँ नेतृत्व चयन गरेको हो।

कालिका र रत्ननगर नगरपालिकामा आज नयाँ नेतृत्व चयन हुँदैछ। जिल्ला अध्यक्ष यमबहादुर परियारका अनुसार भरतपुरमा ईश्वर सापकोटा, माडीमा प्रभूप्रसाद महतो, राप्तीमा रामचन्द्र पाठक, खैरहनीमा रामेश्वर पोखरेल र इच्छाकामनामा प्रताप गुरुङका अध्यक्ष पदमा सर्वसम्मत चयन भएका थिए।

अध्यक्ष परियारका अनुसार पालिकामा सात सदस्यीय पदाधिकारी हुने व्यवस्था रहेको छ । पदाधिकारीसहित महानगरमा ९९, नगरपालिकामा ६५ र गाउँ पालिाकामा ५५ जनाको समिति बन्ने व्यवस्था छ । सातै पालिकामा सम्मेलनको उद्घाटन शनिबार गरिएको छ।

साँझसम्ममा पाँच पालिकामा नयाँ नेतृत्व चयन भए पनि बाँकी दुई पालिकाको छलफल नसकिएकाले आजका लागि सरेको छ । सबै पालिकाहरुमा सर्वसम्मत समिति बनेको हो।

तत्कालीन समयमा नेकपा (एमाले)सँग पार्टी एकता हुँदा समिति रहेको भए पनि अलग भएपछि पहिलोपटक विधिवतरूपमा समिति बनाइएको हो । यसअघि पार्टीको जिल्लाका ९८ वडामा समिति चयन गरिसकेको छ।