सत्तागठबन्धनका तीन शीर्ष नेताबीच भेटवार्ता भएको छ।
बालुवाटार स्रोतका अनुसार नेतात्रयबीच आज बिहान भेटवार्ता भएको हो ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको बताइएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा पछिल्ला समसामयीक राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको बताइएको छ।