logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

यु-१९ राष्ट्रिय क्रिकेट : प्रदेश-१ लाई हराउँदै लुम्बिनी शीर्ष स्थानमा


अंकुरण खबर
611
Shares

वाइवाई पुरुष यु-१९ एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबारको खेलमा लुम्बिनी प्रदेशले ६ विकेटको जित हात गरेको छ ।

लुम्बिनीले प्रदेश-१ लाई पराजित गरेको हो । १०७ रनको समान्य लक्ष्य लुम्बिनीले २३.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो ।

लुम्बिनीका लागि विशाल विक्रम केसीले सर्वाधिक २६ र कप्तान देव खनालले २५ रनको योगदान दिँदा वासिर अहमद २४ रनमा अविजित रहे ।

प्रदेश-१ का दिपेश कँडेलले २ तथा लभ कामत र गौरभ कटुवालले एक/एक विकेट हात पारे । त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको प्रदेश-१ ले ३७.२ ओभरमा सबै विकेट गुमाएर १०६ रन बनाएको थियो ।

उसका लागि गौरभ कटुवालले सर्वाधिक १९, दीपक जोशीले १८ र राकेश शाहले १३ रनको योगदान दिँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

लुम्बिनीका लागि मोहम्मद हुसेनले पाँच,वासिर अहमेद तीन र दुर्गेश गुप्ताले दुई विकेट हात पारे । जितसँगै लुम्बिनी ५ खेलमा ८ अंक जोड्दै शीर्ष स्थानमा उक्लिँदा पहिलो पराजय बेहोरेको प्रदेश एक ४ खेलमा ६ अंकका साथ दोस्रो स्थानमा छ ।