पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ११५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
जसमध्ये काठमाडौंमा ७८ जना, भक्तपुरमा ७ जना र ललितपुरमा ३० जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो पटक थपिएको सहित हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या १,६९६ रहेको छ। तीमध्ये काठमाडौंमा ६३८ जना, भक्तपुरमा ४७८ जना र ललितपुरमा ५८० जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यस्तै, पछिल्लो २४ घण्टामा २५९ जना कोरोना संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार सोही अवधिमा २६४ जना संक्रमित निको भएका छन् भने एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।