logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कर्णाली प्रदेश सभाको बैठक भोलि बस्दै, एमाले सहभागि नहुने


अंकुरण खबर
1.378K
Shares

कर्णाली प्रदेश सभाको बैठक भोलि मंगलवार बस्ने भएको छ । कर्णाली प्रदेशसभाका अनुसार अपरान्ह १ बजे बैठक बस्न लागेको हो ।

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले बिश्वासको मत लिने बताए पनि एमाले भने बैठकमा सहभागि नहुने भएको छ ।

एमालेको चितवनमा जारी महाधिवेशनमा दलका नेतादेखि सांसदसम्म सहभागि भएका र महाधिवेशन नसकिएकाले एमाले भोलिको बैठकमा सहभागि नहुने भएको हो ।

‘उहाँहरुको भन्दा धेरै पहिले हाम्रो महाधिवेशनको मिति तोकिएको उहाँहरुले जान्नुपर्थ्यो ।’ एमाले संसदीय दलका नेता यामलाल कँडेलले भने, ‘ उहाँहरु प्रमुख प्रतिपक्षी दलविना कसरी सदन सञ्चालन गर्नु हुन्छ ? त्यो थाहा छैन तर हामी पार्टीको महाधिवेशनमा व्यस्त भएकाले सदनमा उपस्थिति हुन सक्दैनौं ।