logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेस बागलुङको सभापतिमा शेरचन निर्वाचित


अंकुरण खबर
1.365K
Shares

नेपाली कांग्रेस बागलुङको सभापतिमा जीतबहादुर शेरचन विजयी भएका छन्।

कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत जिल्ला सभापतिका लागि आइतबार मतदान भएको थियो। आज बिहान सम्पन्न मत गणना अनुसार शेरचन आठ सय १८ मत ल्याएर विजयी भएका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी जगदीशचन्द्र उपाध्यायले सात सय २४ मत पाएको प्रमुख निर्वाचन अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए।

शनिबार भएको मतदानमा तीन उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत मत पाएका थिएनन्। सबैभन्दा कम मत पाउने द्रोर्ण कुँवर निर्वाचनबाट बाहिरिएपछि शेरचन र उपाध्यायबीच पुनः प्रतिस्पर्धा भएको हो।

यस्तै जिल्ला उपसभापतिमा सागर छन्त्याल र तारानाथ पौडेल विजयी भएका छन्। छन्त्यालले सात सय ८७ र पौडेलले सात सय ४७ मत प्राप्त गरेका छन्।

सचिवमा हरिहर शर्मा र गण्डकी थापा अधिकारी निर्वाचित भएका छन्। शर्माले नौ सय आठ र अधिकारीले सात सय सात मत प्राप्त गरेका छन्।

सहसचिवमा फमबहादुर खत्री र ज्ञानकुमारी शर्मा श्रीष विजयी भएका छन्। खत्रीले आठ सय ५५ र श्रीषले आठ सय ८० मत प्राप्त गरेका छन्।