logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कर्णाली प्रदेशभाको बैठक भोलि अपरान्ह १ बजेसम्मका लागि स्थगित


अंकुरण खबर
897
Shares

कर्णाली प्रदेश सभा बैठक भोलि (बुधवार) अपरान्ह १ बजेसम्मका लागि स्थगित भएको छ ।

आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अनुपस्थित भएपछि मुख्यमन्त्री जीवनबहादुर शाहीले बिश्वासको मत लिने प्रयोजनका लागि बसेको बैठक भोलिसम्मका लागि स्थगित भएको हो ।

आजको बैठकमा मुख्यमन्त्री जीवनबहादुर शाहीले बिश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नु भएको छ । प्रस्तावको सम्बन्धमा मत विभाजन भने भोलि बस्ने बैठकमा गराइने भएको छ ।

एमालेले भोलिको बैठकमा सहभागि हुने जनाएको सत्तारुढ गठबन्धनका नेताहरूको भनाइ छ ।