logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा थप १५० जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
1.222K
Shares

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप १५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमध्ये काठमाडौंमा ११९ जना, भक्तपुरमा २ जना र ललितपुरमा २९ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लोपटक थपिएको सहित हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या १,७०३ रहेको छ । तीमध्ये काठमाडौंमा ६६८ जना, भक्तपुरमा ४७६ जना र ललितपुरमा ५५९ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घन्टामा देशभरिमा ३१६ जना कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार सोही अवधिमा २५९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने तीन जनाको मृत्यु भएको छ ।