logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नायिका रेखा थापा राप्रपाको महामन्त्रीको उम्मेदवार


अंकुरण खबर
3.445K
Shares

नायिका रेखा थापाले राप्रपाको महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।

बुधबारदेखि काठमाडौंमा शुरु भएको राप्रपाको महाधिवेशन अन्तर्गत उम्मदेवारी दर्तालगायत कार्यक्रम बिहीबार हुनेछ। राप्रपा नेता समेत रहेकी रेखाले पार्टीको महामन्त्री पदमा उठ्ने तयारी गरेकी हुन् ।

राप्रपामा अध्यक्ष कमल थापा र पूर्वमहामन्त्री तथा सांसद राजेन्द्र लिङ्देनले अध्यक्षमा प्रतिस्पर्धा गर्ने भएका छन् ।

रेखाले लिङ्देन पक्षबाट महामन्त्री पदमा उठ्ने तयारी गरेकी हुन् । महामन्त्रीमा रेखासहित लिङ्देन पक्षबाटै नेता गोविन्द खनिया र नेपालगञ्ज उपमहानगरका मेयरसमेत रहेका नेता धवलशम्शेर राणा पनि आकांक्षी छन् ।

बुधबार उद्घाटन सत्र सकिएपछि बन्द सत्र शुरु हुनेछ । बिहीबार उम्मेदवारको मनोनयन दर्ता र निर्वाचन हुने महाधिवेशन कार्यतालिका रहेको छ ।