logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा थप ९३ जनामा कोरोना संक्रमण


अंकुरण खबर
650
Shares

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

तीमध्ये काठमाडौंमा ५५ जना, भक्तपुरमा ९ जना र ललितपुरमा २९ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लोपटक थपिएको सहित हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या १,७१६ रहेको छ। तीमध्ये काठमाडौंमा ६४१, भक्तपुरमा ४८५ र ललितपुरमा ५९० जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै, पछिल्लो २४ घन्टामा देशभरिमा २४६ जना कोरोना संक्रमित थपिएका छन्।

मन्त्रालयका अनुसार सोही अवधिमा ३४७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन।