logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नयाँ भेरियन्टबारे डब्लूएचओको चेतावनीः एसिया–प्रशान्त क्षेत्रले स्वास्थ्य ढाँचा मजबुत बनाउनुपर्छ


अंकुरण खबर
910
Shares

विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोरोना भाइरसको नयाँ ओमिक्रोन भेरियन्टबारे चेतावनी जारी गरेको छ।

डब्लूएचओका अनुसार नेपाल पनि समावेश भएको एसिया–प्रशान्त क्षेत्रले नयाँ भेरियन्टसँग लड्न स्वास्थ्य ढाँचा मजबुत बनाउनुपर्छ।

डब्लूएचोले शुक्रबार सो क्षेत्रका देशले आफूलाई बचाउन स्वास्थ्य प्रणाली मजबुत बनाउनुका साथै खोप लगाउने कार्य बढाउनुपर्ने बताएको हो।

डब्लूएचोस्थित पश्चिमी प्रशान्त क्षेत्रका क्षेत्रीय निर्देशक भन्छन्,‘भ्रमण प्रतिबन्धले मात्र कोरोना रोक्छ भनेर बस्नु हुँदैन। सबैभन्दा महत्वपूर्ण कुरा यो नयाँ भेरयन्टको संक्रमणबाट बच्ने उपाय अपनाउनुपर्छ। हामीले कोरोनाको विषयमा धारणा बदल्नुपर्छ।’

‘यात्रा प्रतिबन्ध समस्याको हल होइन’
हाल दर्जनौं राष्ट्रले ओमिक्रोन भेरियन्ट देखिएको दक्षिण अफ्रिकी राष्ट्रहरुमा भ्रमण प्रतिबन्ध लगाएको छ। डब्लूएचओले भने भ्रमण प्रतिबन्धले मात्र नयाँ भेरियन्ट नरोकिने बताउँछ।

दर्जनौं देशमा यो भेरियन्ट देखिसकेकाले भ्रमण प्रतिबन्धको बारेमा सोच्नु पर्ने र आफ्नो स्वास्थ्य प्रणाली दह्रो बनाउनुपर्ने विज्ञको भनाइ छ।