logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

इंग्लिस प्रिमियर लिग : जितसँगै अंक तालिकाको शीर्ष स्थानमा उक्लियो सिटी


अंकुरण खबर
884
Shares

म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

शनिबार राति सम्पन्न खेलमा वाट्फोर्डलाई ३–१ गोल अन्तरले पराजित गर्दै सिटी अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो। सिटीलाई जित दिलाउन बेर्नार्डो सिल्भाले दुई तथा रहिम स्ट्रर्लिङले एक गोल गरे। वाट्फोर्डका लागि चुचो हर्नान्डेजले गोल फर्काए ।

खेलको चौथो मिनेटमै स्ट्रर्लिङले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए। खेलको ३१ औं मिनेटमा सिल्भाको गोलमा सिटीलाई २–० को स्थितिमा पुग्यो।

सिल्भाले खेलको ६३ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि सिटी ३–० ले अघि रह्यो। खेलको ७४ औं मिनेटमा हर्नान्डेजले फर्काए।

यस जितसँगै शीर्ष स्थानमा उक्लिएको सिटीले १५ खेलमा ३५ अंक जोडेको छ।
सिटीले यसअघि शीर्षस्थान ओगटेको चेल्सीलाई पछि पारेको हो। शनिबार राति नै चेल्सी वेस्टह्यामसँग ३–२ ले पराजित भएको थियो। पराजित वाट्फोर्ड १३ अंक जोडेर १७औं स्थानमा रहेको छ।

यस्तै अर्को खेलमा लिभरपुलले वल्भ्सलाई १–० ले पराजित गरेको छ। इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा डिभोक ओरिजीले गोल गर्दै लिभरपुललाई ३ अंक दिलाए। जितपछि लिभरपुल १५ खेलबाट ३४ अंक जोडेर दोस्रो स्थानमा यथावत रहेको छ। पराजित वल्भ्स २१ अंक जोडेर आठौं स्थानमा रहेको छ।