logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा थप १०३ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
702
Shares

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमध्ये काठमाडौंमा ६३ जना, भक्तपुरमा ६ जना र ललितपुरमा ३४ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लोपटक थपिएको सहित हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या १,६४८ रहेको छ । तीमध्ये काठमाडौंमा ५४८ जना, भक्तपुरमा ४८१ जना र ललितपुरमा ६१९ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।