logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

यू-१९ एसिया कपका लागि २० खेलाडी छनोट


अंकुरण खबर
845
Shares

एसीसी यू-१९ एसिया कपका लागि २० खेलाडी छनोट गरिएको छ ।

आइतबार सम्पन्न वाइवाइ यू-१९ राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा २० खेलाडी छनोट गरिएको नेपाल क्रिकेट संघले जनाएको छ। उनीहरुलाई बन्द प्रशिक्षणमा राखिने जनाएको छ ।

संघले छनोट भएका खेलाडीलाई मंगलबारदेखि बन्द प्रशिक्षणका लागि बोलाएको छ ।

छनोट भएका खेलाडीमा देव खनाल, मोहमद्ध हुसेन, वासिर अहमेद, सन्तोष कार्की, विवेक यादव, विवेक रानामगर, तिलक राज भण्डारी, सोनु अन्सारी, दिपेश कँडेल, अर्जुन कुमाल, कमल परियार,  अनुज कुमार चुनरा, प्रकाश जैशी, बसन्त कार्की, अर्जुन साउद, शेर मल्ल, राहुल भण्डारी, गुल्सन झा, विपिन यादव र अदिल अन्सारी छन् ।