logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा थप ११२ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
676
Shares

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ११२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

तीमध्ये काठमाडौंमा ७९ जना, भक्तपुरमा १० जना र ललितपुरमा २३ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो पटक थपिएको सहित हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या १,६२६ रहेको छ । तीमध्ये काठमाडौंमा ५९८ जना, भक्तपुरमा ४७५ जना र ललितपुरमा ५५३ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, नेपालमा पछिल्लो २४ घण्टामा थप २६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार सोही अवधिमा ३५७ जना संक्रमित निको भएका छन् भने दुई जना संक्रमितको मृत्यु भएको छ ।