logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

साफ च्याम्पियनसिप खेल्न नेपाली टोली बंगलादेश जाँदै


अंकुरण खबर
1.508K
Shares

साफ यू-१९ महिला फुटबल च्याम्पियनसिपमा सहभागि हुन नेपाली राष्ट्रिय टोली आज बंगलादेश प्रस्थान गर्दै छ।

आज दिउसो पौने २ बजे ढाका प्रस्थान गर्ने तय भएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ। साफ च्याम्पियनसिपका लागि मुख्य प्रशिक्षक हरि ओम श्रेष्ठसहित २३ सदस्यीय टोली बंगलादेश प्रस्थान गर्नेछ।

११ देखि २२ डिसेम्बरसम्म ढाकामा साफ च्याम्पियनसिफ हुनेछ। प्रतियोगितामा नेपलासँगै बंगालदेश, भुटान, भारत र श्रीलंकाले प्रतिस्पर्धा गर्नेछन्।

नेपालले पहिलो खेल आयोजक बंगालदेशविरुद्ध डिसेम्बर ११ खेल्नेछ।

यस पटक नेपाली टोलीको लक्ष्य उपाधि जित्ने रहेको छ। गत संस्करणमा नेपाल उपविजेता बनेको थियो।